logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट साढे २३ लाख रुपैयाँसहित लागू औषध कारोबारी पक्राउ


अंकुरण खबर
806
Shares

साढे २३ लाख रुपैयाँ नगदसहित १ जना लागू औषध कारोबारी पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले काठमाडौंका टोखाबाट ठूलो परिणाममा नगद र लागू औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ स्थायी घर भइ हाल काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ८ बस्ने ३१ वर्षीय मनिस भन्ने दूर्गा सिंह तामाङ छन् ।

प्रहरीले उनको साथबाट २५.२ ग्राम लागू औषध (खैरो हेरोइन) नगद २३ लाख ४० हजार रुपैयाँ, लागू औषध तौल गर्ने १ मेशिन र बा ५९ प ५२३८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका तामाङविरुद्ध लागू औषध नियन्त्रणमा ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।