logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने र उपाध्याक्षमा ढुंगेल निर्वाचित


अंकुरण खबर
2.145K
Shares

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट नयाँ कार्यकालका लागि प्रत्यासी उद्धवराज भेटवाललाई पराजित गर्दै अध्यक्षमा न्यौपाने विजयी भएका हुन् ।

त्यसैगरी उपाध्याक्षमा प्रत्यासी अर्जुन अधिकारीलाई हराउदै सरोज ढुंगेल विजयी भएका छन् ।

त्यस्तै महासचिवमा भिसा काफ्ले, सचिवमा सन्जिता खनाल निर्वाचित भएका छन् भने, कोषाध्यक्षमा कमाला गुरुङ निर्विरोध चयन भएकी छिन् ।

सदस्यहरुमा सिर्जना बराल, तुल्सा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, फातिमा बानु, सुष्मा कर्ण(स्नेहा), सागर बुढाथोकी र महेश तिमिल्सेना निर्विरोध चयन भएका छन् ।