साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साता शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ थियो।
आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।