logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल आज माइतीघर मण्डलाको धर्नामा सहभागी हुँदै


अंकुरण खबर
1.69K
Shares

प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेका नेकपा प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरु आइतबार माइतीघर मण्डलाको धर्नामा सहभागी हुँदैछन् ।

मध्यान्ह १२ बजे मण्डलामा आयोजित कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सहभागी हुने कार्यक्रम रहेको नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाका सांसदहरुले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि मण्डलामा धर्नामा बसेका छन् । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने छ ।