मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज २ खेल हुँदैछ ।
पहिलो खेल दिउँसो १ बजे एफसी रियाले काठमाडौं र सेन्ट्रल कलेज भरतपुर क्लबबीच हुनेछ । यस्तै दिउँसो ३ बजेदेखि शुरू हुने दोस्रो खेलमा सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
हेटौंडा-१० मा रहेको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा माघ १६ गतेबाट जारी प्रतियोगितामा मकवानपुरका २ सहित देशभरका विभिन्न १० टीमले भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा राप्ती र दुधौली स्पोर्टस क्लब विजयी भएका थिए ।
यही माघ २३ गतेसम्म हुने प्रतियोगितामा विजेताले नगद ३ लाख र उप-विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदीप राजवाहकले जानकारी दिए ।