logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् पुनःस्थापना हुनेमा कुनै शंका छैन : खनाल


अंकुरण खबर
845
Shares

नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद पुनःस्थापना भइछाड्ने बताएका छन् ।

माइतीघर मण्डलामा धर्ना कार्यक्रममा समापनपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानले संसद् विघटन गर्ने अधिकार कसैलाई नदिएकाले पुनःस्थापना हुनेमा आशंका गर्ने ठाउँ नै नभएको बताए ।

तपाईंहरु पदका लागि सडक आन्दोलनमा आउनुभएको भन्ने आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफूहरु पदका लागि नभएर संविधानको रक्षा गर्न सडकमा आएको जिकिर गरे।

‘अहिले मलगायत कोही पदका लागि आएका होइनौं । भोलि संसद् पुनःस्थापना भएपछि मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसैअनुसार अघि बढ्छु,’ उनले भने,‘ अहिले भनेको व्यवस्था जोगाउन र मूल्यमान्यता रक्षाका लागि आन्दोलनमा उत्रिएका हौं ।’

केपी शर्मा ओलीको दिन गन्ती शुरु भइसकेको उनले बताए । संसद् पुनःस्थापना भएपछि कांग्रेससँग सहकार्य गरेर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने सहमति भएको छ नि भन्ने प्रश्नमा अहिले कसैलाई प्रधानमन्त्री बनाउने वा दिने भनेर प्रस्ताव नगरेको र भोलि पुनःस्थापना भएपछि लोकतान्त्रिक शक्तिहरुसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।