कैलालीमा एक किशोरीमाथि ३ जना युवकले सामूहिक बलात्कार गरेका छन् ।
कैलालीको लम्की नगरपालिमा १८ वर्षीया किशोरीमाथि ३ जना युवाले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।
बलात्कार गर्नेमध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्की नगरपालिका–१ भरुवा बस्ने उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी छन् ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उमेश र रतनलाई पक्राउ गरेको हो । किशोरीमाथि बलात्कारमा संलग्न अर्का एक युवक कृष्ण राउत भने फरार छन् । प्रहरीले फरार रहेका उनको खोजी भइरहेको जनाएको छ ।
पक्राउ परेका २ जनाविरुद्ध जवरजस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।