कैलाली जोशीपुरका ८३ वर्षीय कोरोना संक्रमित बृद्धको नेपालगञ्जमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई माघ ६ गते भेरी अस्पताल ल्याइएको थियो । त्यसको भोलिपल्ट उनलाई कोरोना पुष्टि भएको थियो ।
बृद्धको आइतबार ११:३७ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।