logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड–माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक


अंकुरण खबर
1.222K
Shares

नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बैठक भोलि, सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने जनाइएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने केन्द्रीय सदस्य श्रीराम ढकालले बताए ।

माघ ९ गते काठमाडौंमा जनसभा गरेको प्रचण्ड–माधव पक्षले फेरि माघ २८ गते काठमाडौंमै सभा गर्ने तय गरिसकेको छ।  माइतीघरमा बुधबारदेखि जारी धर्ना भने आज अन्त्य गरिएको छ ।

यो समूहले यसबीचमा बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरेको थियो । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।