logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजार राताम्मे, ५४.७५ अंकले घट्यो


अंकुरण खबर
780
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ ।

आज शेयर बजार कारोबार शुरु भएदेखि नै ओरोलो लागेको हो ।

नेप्सेका अनुसार आज नेप्से ५४.७५ अंकले घटेर दुई हजार तीन सय ७० दशमलब ५४ विन्दुमा थामिएको छ भने आज झण्डै ९ अर्बको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज बजार राताम्मे भए पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । आज शेयर मूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।