logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसका १३ भातृ संस्थाले गरे संयुक्त अपिल


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

भोलि माघ १९ गते सबै भातृ संस्थाहरुले ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको बताउँदै उनीहरुले सो विरोधमा सहभागिताका लागि आह्वान गरेका हुन् ।

‘संसद विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनतालगायत समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएको हो ।

“नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रधानमन्‍त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं,” कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

भोलिको प्रदर्शनमा सहभागी बन्‍न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रह गरेको छ ।

भोलि प्रदर्शन गर्ने कांग्रेस भ्रातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्‍त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्‍त्रिक अपाङ्‍ग संघ, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज छन् ।