logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत


अंकुरण खबर
1.508K
Shares

भक्तपुरमा १९ वर्षकी १ जना किशोरी बलात्कृत भएकी छन् ।

प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तज छन् ।

ती किशोरीलाई बुधबार दिउँसो एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरीले बिकासलाई पक्राउ गरेको हो ।

उनी उपर आइतबार जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।