आज प्रदेश १ र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
उक्त क्षेत्रमा केही दिनदेखि लगातार हिमपात भइरहेको छ । आगामी तीनदिनसम्म पनि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै तराईका अधिकांश क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । बिहानीपख अधिकांश तराईका जिल्लामा कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ ।
चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।