प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ ।
मुद्दामा निवेदक पक्षको आइतबारबाट सकिएकाले आजबाट सरकारी पक्षको बहस अघि बढ्ने भएको हो । दायर १३ वटा रिटमा निवेदक पक्षका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ ।
संवैधानिक इजलासमा जारी निरन्तर सुनुवाइमा आजबाट महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले सरकारको पक्षमा बहस गर्नेछन् । त्यसका लागि १७५ जना कानुन व्यवसायीले नाम टिपाएका छन्।
आज महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलहरूले बहस गर्ने बताइएको छ ।
संवैधानिक इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।