logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनको मूल्य


अंकुरण खबर
819
Shares

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।