logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्यरातमा घरमा आगलागी हुँदा झापामा ६० वर्षीय वृद्धको जलेर मृत्यु


अंकुरण खबर
741
Shares

झापा जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ मृत्यु हुनेमा ६० वर्षीय गोवर्द्धन राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार बिहान १:५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।

आगलागीमा परी एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।

आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।