logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता


अंकुरण खबर
962
Shares

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो ।

अधिवक्ता समिर बलामीले दिएको निवेदन दर्ता गर्दै अदालतले भोलि मंगलबारका लागि पेशी तोकेको हो । बलामीले दाहालले पटक(पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दावी गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमनाथा ढुंगानाविरुद्ध पनि अवहेलनाको मुद्दा दर्ता भएको छ । त्यस्तै चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दा पनि अदालतमा विचाराधिन छ ।

सो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आफैं आरोपी सबैलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिइसकेको छ ।