धादिङको सिम्लेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएको छन् ।
चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई सोमबार बिहान साढे ३ बजेतिर ठक्कर दिएको हो ।
दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।