logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले गरे नेपालकै ठूलो ढल्केबर सबस्टेसनको उद्घाटन


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका छन् ।

सोमबार हेलिकप्टरबाट ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०/१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका हुन् ।

नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन भने नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको हो । २२०/१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

राष्ट्रिय विद्युत् विकास दशक’ कार्यक्रमअन्तर्गत ढल्केबरमा जीआईएस प्रविधिमा आधारित स्वचालित ४ सय केभीको सबस्टेसन निर्माण गरिएको हो ।