logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको पक्षमा एक चौथाइ केन्द्रीय सदस्य छैनन् : माधव नेपाल


अंकुरण खबर
962
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको बताएका छन् ।

बैठक प्रचण्डको अध्यक्षतामा सुरु भएको हो ।

अध्यक्ष नेपालले पार्टीमा गुटगत गतिविधि गरेका कारण केपी ओलीलाई कारबाही मात्रै गरिएको बताए । सोमबार प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरुको बैठक विधान बमोजिम सुरु भएको पनि बताए ।

उनले केपी ओलीको पक्षमा एक चौथाइ केन्द्रीय सदस्य नभएको पनि बताए ।‘जोसँग एक चौथाइ केन्द्रिय सदस्य छैनन्, उसले आधिकारिक भन्न मिल्छ ?’, नेपालले भने ।

केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको तर पार्टी विभाजित भने नभएको उनको जिकिर थियो । उनले मुल पार्टी आफूहरु नै रहेको पनि बैठकमा बताए ।

उनले पार्टीमाथि दागा नधर्न र आँखा नलगाउन पनि केपी ओलीलाई चेतावनी दिए । पार्टी एकता गर्दा भएको सहमति ओलीले पालना नगरेको पनि उनको आरोप छ ।