logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावको तयारीमा लागिहाल्नुस, तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.17K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेकोले एक दिन पनि पर नसर्ने बताएका छन् ।

सोमबार ढल्केबरमा नेपालकौ ठूलो सब–स्टेसन उद्घाटनपछि प्रधानमन्त्री ओलीले धनुषाको क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुने दाबी गरेका हुन् ।

‘चुनावको तयारीमा लागिहाल्नुस, उनले भने, ‘तोकिएकै समयमा चुनाव हुन्छ। एकदिन पनि पर सर्दैन ।’

उनले राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नै राम्रो भएको बताएका छन् । पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखेको कुरा उल्लेख गर्दै उनले भने, ‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाँच्थयो । मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

उनले कतिपयले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोप्रति आपत्ती जनाएका छन् । उनले जनकपुर–ढल्केबर ६ लेन सडक बनेपछि युवाहरु हातै छोडेर मोटरसाइकल चलाउन थालेको भन्दै मोटरसाइकल हातले समाएरै चलाउन आग्रह गरे ।