logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारका लागि बोलाइयो संवैधानिक परिषद् बैठक


अंकुरण खबर
806
Shares

संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ ।

निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ ।

पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताएका छन्  ।