नेपालले म्यानमारमा भएको सैन्य ‘कु’ मा आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति यु विन मिन्ट, नेतृ आङसाङ सुकीलगायतलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।
म्यानमारमा सोमबार भएको सैनिक ‘कू’ लाई लिएर औपचारिक धारणा सार्वजनिक गर्दै सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सरकारले राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीलगायतको गिरफ्तारीमा चासो रहेको पनि उल्लेख गरिएको छ ।
सरकारले गिरफ्तार गरिएका सम्पूर्णको तत्काल रिहाईको आह्वान समेत गरेको छ ।
