गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीसहर–चामे सडक तीन दिनका लागि बन्द गरिएको छ ।
लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आजदेखि बिहीबार रातिसम्मका लागि बन्द गरिएको हो ।
सो सडकखण्ड अन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका चार स्यागे निजिकैको एक सय मिटर सडकमा ढलान गर्न लागिएको जनाइएको छ ।
नेपाली सेनाले भिर खोपेर निर्माण गरेको बेँसीसहर–चामे सडक २०६९ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो ।