ललितपुरको नख्खु जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई खानेपानी मन्त्री मणि थापाले भेटेका छन् ।
मंगलबार बिहान थापा नख्खु पुगेर वलीलाई भेटका हुन् । करिब दुई वर्षअघि नख्खुस्थित एनसेलको कार्यालयअघि विप्लव समूहले गराएको विस्फोटमा संलग्न रहेको आरोपमा वली पक्राउ परेका थिए । त्यस विस्फोटमा एक जनाको मृत्यु पनि भएको थियो ।
विप्लव समूहलाई सरकारले आतङ्ककारी समूह घोषणा गरेको थियो । राजनीतिक उथलपुथलबीच थापाले ओलीसँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।