अभिनेत्री श्वेता खड्काले निर्माणाधीन माझी बस्तीको अवस्था पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तै भएको बताएकी छन् ।
धुर्मुस सुन्तली फाउन्डेसन र माझी बस्तीको पीडा उस्तै भएको उनको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले जस्तै माझी बस्ती निर्माणका क्रममा आफूले पनि ऋण बोकेर बसेको स्वेता बताउँछिन् ।
अभिनेत्री श्वेता खड्काले अनलाइनखबरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई लागेको ९ लाख बढी ऋणको समाचारको स्क्रिनसट, आफूले निर्माण गरिरहेको माझी बस्तीको फोटो सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लामो स्टाटस लेखेकी हुन् ।
उनले सहयोग दिन्छौं भनेर धेरैले वाचा गरेपनि बोले अनुसारको सहयोग नआएकोले माझीबस्ती (अलपत्र) निर्माणले पूर्णता पाउन नसकेको बताएकी छिन् । अभिनेत्री खड्काले पूरा गर्न नसक्ने बाचा, पूर्ति गर्न नसक्ने आस्वासन र दिन नसक्ने सहयोगको अर्थ नरहने भन्दै समाज सेवीको रुपमा चिनाउन अरुको भरोसामाथि खेलवाड नगर्न उनको अनुरोध छ । श्वेताले आफ्नो प्रतिवद्ताद्धलाई भुलेर गरिबहरुको आशा र भरोसा माथि खेलवाड गर्नु भने पक्कै राम्रो नभएको समेत उल्लेख गरेकी छिन् ।
यस्तो छ अभिनेत्री श्वेता खड्काको स्ट्याटस :
धुर्मुस सुन्तली फाउण्डेशन’ को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दक्ताहरुलाई माझी बस्तिसंग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्व:तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान -धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन । तथापी , आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने-बाचा, पुर्ती गर्न नसक्ने -आस्वासन र दिन नसक्ने -सहयोगको कुनै अर्थ छैन । अत : आफुलाई समाज सेवी को रुपमा चिनाउन कोही कसैको भरोशा माथी खेलवाड नगरौ ।
श्वेताको यो स्टाटसमा धेरैले कमेन्ट गरेका छन् । पाँच तारे होटलमा विवाह गरी लाखौं पैसा उडाएको भन्दै श्वेताको आलोचना समेत भईरहेको छ । कोहीले श्वेताको बचाउ गरेका छन् भने धेरैले श्वेताको आलोचना गरेको देख्न सकिन्छ ।
धेरैले करोडौं पैसा खर्च गरेर विवाह गर्नु भन्दा साधारण खर्च गरेर माझी वस्तीको लागि बिहेको केही रकम कटाएको भए सहज हुने बताएका छन् ।