म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ ।
सेनाले गएको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको बहाना बनाएर निर्वाचित सत्ता हत्याउनु निन्दनीय रहेको तरुण दलको केन्द्रीय समितिले जनाएको छ ।
सेनाको कामले लोकतन्त्र हत्या भएको तरुण दलले जनाएको छ । पक्राउ परेकी नेतृ आङ साङ सूकीसहितलाई तत्काल रिहा गरि प्रजातन्त्र पुनर्वहाली गर्न माग गर्दै तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले विज्ञप्ति निकालेका छन् ।