नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ ।
हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन् ।