logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इतिहासमा युद्ध जितेको देश बल फ्याँक्ने र भकुण्डो हान्ने खेलमा किन हार्ने ? : प्रधानमन्त्री ओली


अंकुरण खबर
2.548K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताएका हुन् ।

‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ? फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बल हान्ने त हो,’ उनले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?’

उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए । अन्य क्षेत्रमा पनि जित र हारको विषय ‘इगो’ बन्ने गरेको बताए । संसद विघटन पनि जित र हारको विषयमा केन्द्रीत भइरहेको उनको भनाइ छ ।

‘संसद विघटन पनि जित र हार विषय बनिरहेको छ । संसद भंग भइसक्यो । चुनाव आउन लागिसक्यो । केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन् । केहीका लागि होइन । जिते भन्ने पार्नका लागि । चुनावै गएर जित्ने ठाउँ छ नि । तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ ।’