logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ


अंकुरण खबर
1.196K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार सेवाग्राहीसँग रकम माग गरिरहेको भन्‍ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निगौल चोकबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।