logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै


अंकुरण खबर
1.534K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलामा बिहान साढे ११ बजे त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्ने छन् ।

आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा छ । अंक तालिकामा एपीएफ क्लब शीर्ष स्थानमा छ ।

यस्तै, आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । खेल दिउँसो साढे दुई बजे हुनेछ ।

पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ भने विराटनगर ७ अंकका साथ पाँचौं स्थानमा छ ।