logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहका विद्यार्थीले गरे संसद भवन अगाडि चक्का जाम


अंकुरण खबर
1.651K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन् ।

बुधबार नयाँ वानेश्वरस्थित मिनभवन क्याम्पसका विद्यार्थी समूहले संसद भवन अगाडि चक्काजाम गरेका हुन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार सबै क्याम्पस अगाडि चक्का जाम गर्ने कार्यक्रम उक्त समूहले तय गरेको थियो ।

सोहीअनुसार आज चक्का जाम गरिएको विद्यार्थी समूहले जनाएको छ ।

त्यस्तै, आज देशभरका क्याम्पसहरु अगाडी चक्काजाम गर्ने संगठनका नेता सुरेन्द्र बस्नेतले बताए । बस्नेतले प्रतिगमनका बिरुद्ध देशभरिका क्याम्पस अगाडीको सडकमा ३० मिनेट चक्काजाम गर्ने कार्यक्रम रहेको बताए ।

त्यहि अनुसार बिद्यार्थीहरुले कतिपय क्याम्पसहरुमा अगाडि बिहानै चक्काजाम र बिरोधसभा गरिसकेका छन् । बाँकी अन्य कलेजहरुमा पनि बिभिन्न नेताहरुको नेतृत्वमा आधा घण्टा चक्काजामपछि बिरोधसभा कार्यक्रम गरिने बस्नेतले बताए ।