logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतितोला ६ सयले घट्यो सुनको मूल्य


अंकुरण खबर
806
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज ६ सयले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३२० रुपैंयाँमा कारोबार भइरहेको छ ।