नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले आजको पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
मंगलबार यो समूहले निर्वाचन आयोगमा नेकपाको आधिकारिकताका लागि दाबी पेश गरेको थियो ।