logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मरिसकेको संस्था फर्केर आउँदैन : वरिष्ठ अधिवक्ता पन्त


अंकुरण खबर
845
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले मरिसकेको संस्था फर्केर नआउने तर्क गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै उनले संस्था मरेपछि मात्रै महत्त्व बढ्ने बताएका हुन् ।

‘बाउ मरिसकेका छन् । तर, फर्केर आउँछन् कि भन्‍ने आश हुन्छ । आश गर्न पाइन्छ, फर्केर बाउ आउँदैनन्,’ वरिष्ठ अधिवक्ता पन्तले विघटित संसद्‍लाई इङ्‍गित गर्दै फर्केर नआउने दाबी गरे ।

मरिसकेको संस्थाका सदस्यले निवेदन दिएको भरमा फर्केर नआउने उनको तर्क थियो । ‘प्रधानमन्त्रीलाई काम गर्न नदिएर अप्ठ्यारो पारेको भन्दा बढी कारण के चाहियो श्रीमान्,’ उनले भने ।

अधिवक्ता पन्तले संविधानको धारा ७६ र १०० सँग जोडेर हेर्नुपर्ने तर्क गरेका छन् ।

सोमबारदेखि सरकारी पक्षका वकिलहरुले सरकारको पक्षमा बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन् ।