logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि देशभर प्रचण्ड–नेपाल पक्षको आमहड्ताल, के–के खुल्छ के–के बन्द ? (प्रेस वक्तव्यसहित)


अंकुरण खबर
949
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीवार (भोलि) देशभर आमहड्तालको घोषणा गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले बुधवार (आज) पत्रकार सम्मेलन गर्दै भोलि देशभर आमहड्तालको घोषणा गरेको हो ।

नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

यसैगरी बुधबार साँझ  काठमाडौंमा मसाल जुलुस निकाल्ने  पार्टीको तयारी छ।

त्यस्तै कुनै पनि परीक्षाहरु नरोकिने र परीक्षा दिने विद्यार्थीहरुले प्रवेश पत्र देखाएर आफ्नो सवारी साधन प्रयोग गर्न पाईने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा भोलि देशव्यापी आम हड्तालको घोषणा गरिएको हो ।