logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा बुधबार थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


अंकुरण खबर
1.664K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार ५९७ नमुना परीक्षण हुँदा बुधबार देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २०६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, बुधबार नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ।