logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अख्तियारका आयुक्त डा. जोशीले दिए राजीनामा


अंकुरण खबर
1.547K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन् ।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले बुधबार विज्ञप्तिमार्फत जानकारी दिए ।