पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बुधबार काठमाडौंमा ४४ जना, भक्तपुरमा ३ जना र ललितपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।