नेकपा प्रचण्ड–माधव पक्षले बिहीबारको लागि आह्वान गरेको आम हड्तालको प्रभाव बिहानैदेखि देशैभरी परेको छ ।
बन्द सफल बनाउन भन्दै चोक चोकमा प्रचण्ड–माधव पक्ष नेता तथा कार्यक्रता उपस्थित भएका छन भने सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।गोंगबुमा कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहान करिव ५ बजेतिर आगजनी गरिएको प्रहरी जनाएको छ ।
त्यस्तै प्रहरीले कलंकी क्षेत्रबाट बन्द गराउदै हिडेका नेतृ अष्टलक्ष्मी शाक्यसहित ८ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ । त्यस्तै बन्द गराउदै हिड्ने नेता तथा कार्यक्रतालाई सोह्रखुट्टे, महाराजगञ्जबाट,नयाँ बानेश्वर, चाबहिल लगाएतका विभिन्न क्षेत्रबाट पक्राउ गरेको छ ।
हिजो गृह मन्त्रालयले सम्बन्धित पक्षलाई बन्द नगराउन अपिल गरेको थियो भने सबै उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत् सञ्चालन गर्न पनि आग्रह गरेको थियो ।
आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, सञ्चार,पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरु निर्वाद सञ्चालन हुने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।