नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् ।
आमहड्तालाई सफल बनाउन नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरु सडकमा उत्रेका हुन् । बिहान ललितपुरको सातदोवाटो चोकमा प्रचण्ड निस्किएका हुन् । उनले केहिबेर सरकारबिरोधी नारा समेत लगाएका थिए । त्यस्तै नेकपाका अन्य शिर्ष नेताहरु पनि उपत्यकाका बिभिन्न स्थानमा आमहड्ताल सफल बनाउन सडकमा आएका छन् ।
बन्द सफल बनाउन भन्दै चोक चोकमा प्रचण्ड-माधव पक्ष नेता तथा कार्यक्रता उपस्थित भएका छन भने सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ ।
पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।