logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-माधव पक्षले गरेको आम हडतालका कारण वीरेन्द्रनगर बजार ठप्प


अंकुरण खबर
2.353K
Shares

नेकपाको प्रचण्ड-माधव पक्षले गरेको आम हडतालका कारण सुर्खेतको वीरेन्द्रनगर बजार ठप्प भएको छ ।

बजार बन्द गराउनका लागि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखि सडकमा उत्रिएका छन् ।

चोक चोकमा बसेका नेकपा कार्यकर्ताहरुले सडकमा कुनै सवारी चल्न नदिनुका साथै बजारका पसलहरु पूरै बन्द रहेका छन् ।

वीरेन्द्रनगर बजार क्षेत्रको मंगलगढी चोक, वीरेन्द्रचोक, ऐरिचोक जस्ता ठाउँमा नेकपाका नेता तथा कार्यकर्ताहरु भेला भइ प्रदर्शन गरिरहेका छन्।