सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट सुनुवाइ हुँदै छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
माघ ४ देखि मुद्दामा निरन्तर हुँदै आइरहेको सुनुवाइमा सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरिसकेका छन् । त्यसैगरी वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरेका छन् ।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले हिजोदेखि बहस सुरू गरेका छन्। बहस नसकिएकाले आज पनि सरकारको तर्फबाट पाण्डेयले नै बहस गर्दै छन् ।