बिहिबार नेपाली बजारमा सुनको मुल्यमा ९०० रुपैंयाले गिरावट आएको छ ।
आज छापावाला सुन तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२०० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य ९० हजार ६०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार भइरहेको छ ।