logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आमहडतालको निरीक्षण गर्न सडकमा निस्किए दुई अध्यक्ष : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा


अंकुरण खबर
4.797K
Shares

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आज देशव्यापी आमहडताल गरेको छ ।

प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् । आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका छन् ।

यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल हुँदै पुल्चोक पुगेका छन् भने अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुगेका छन् ।

तर आफैँले यातायातलाई ठप्प पार्ने गरी आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् । प्रचण्ड गाडीमा र नेपालले स्कुटरमा आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका हुन् ।

सरकारको असंवैधानिक कदमको विरोधमा नेकपाको प्रचण्ड-माधव समूह सडक संघर्षमा रहेको छ ।