logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि जनकपुरमा प्रहरीले गोली चलायो


अंकुरण खबर
728
Shares

धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

शिवचोकमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले सडक खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनुपरेको जनकपुरका एसपी प्रकाश रानाभाटले जनाए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको हो।

प्रहरीको गोली कसैलाई नलागे पनि लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका उनले बताए । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।