logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १७१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु


अंकुरण खबर
793
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ ।

गत २४ घण्टामा २२७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हाल ९२ जना क्वारेन्टाइनमा छन् ।