logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली समूहको जनसभाका लागि विभिन्न स्थानबाट निस्कियो र्‍याली, नारायणहिटी अगाडि सभा सुरु


अंकुरण खबर
1.014K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि सो समूहले बृहत् जनसभाको आयोजना गरेको हो । सोही जनसभामा उपस्थित हुन विभिन्न स्थानबाट नेता कार्यकर्ताले र्‍याली निकालेका छन् ।

पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्‍वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्‍वरर, पुतलीसडक, भद्रकाली, रत्‍नपार्क, नयाँ बानेश्‍वर र माइतीघरबाट जुलुस निकालिएको थियो ।

जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि पुगेर सभामा परिणत भएको छ ।

No description available.