logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

काठमाडौंमा समेत शुरु भयो वर्षा


अंकुरण खबर
858
Shares

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावस्वरुप आज (शुक्रबार) बिहानैदेखि मौसममा बदली आएको छ ।

शुक्रबार बिहानदेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा बागमती र प्रदेश नम्बर १ मा बदली भएकोमा मध्याह्नदेखि केही ठाउँमा वर्षा शुरु भएको छ । काठमाडौंमा समेत हल्का वर्षा शुरु भएको छ ।

शुक्रबार मध्याह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईंका क्षेत्रमा वर्षा शुरु भएकोमा दिउँसो काठमाडौंमा समेत वर्षा भएको हो । यस्तै, केही ठाउँका पहाडी क्षेत्रमा हिमपात शुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।