logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं न्यूरोडमा हिँड्दै गरेकी २ जना महिला १९ लाख नगदसहित पक्राउ


अंकुरण खबर
780
Shares

स्रोत नखुलेको १९ लाख रुपैयाँसहित काठमाडौंको न्यूरोड–खिचापोखरी क्षेत्रबाट २ जना महिला पक्राउ परेका छन् ।

सडकमा हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ बरामद भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको तार्केश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको जनाइएको छ ।